सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?
काठमाडाैं | फागुन ५, २०७९
काठमाडौं : सुनको मूल्य घटेको छ। आज सुन तोलामा ५०० सयले घटेको हो। मूल्य घटेसँगै प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य १ ला २ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन तोलामा ६०० रूपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रूपैयाँले खरिदबिक्री भएको थियो।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँले किनबेच भइरहेको छ।
अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको थियो।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...
चितवन: चितवनमा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमु...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

